images

रामेछापमा मोटरसाइकल दुर्घटनामा परी एक जनाकाे मृत्यु

काठमाडौं– रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं. ३ भिर पानीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बा.८९प. ४३८२ न. को मोटरसाइकलका चालक अशोक कार्कीको उपचारको क्रममा सिन्धुलीको खाल्टे अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार दिउँसो १ बजेको समयमा रामेछापबाट काठमाडौं जाँदै गरेको मोटरसाइकल भिर पानी चार घरे चोक नजिकै आफै अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको थियो । दुर्घटनामा परेका चालक मन्थली नगरपालिका ३ कठजोर बस्ने कार्कीको टाउकोमा गहिरो चोट लागेको थियो ।

मोटरसाइकलमा पछाडि सवार दोलखा जिल्लाको मेलुंङ गाउँपालिका २ घ्याङ बस्ने सज्जित दर्जीको अवस्था भने सामान्य रहेको रामेछापका प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक प्रदीप कुमार सिंहले जानकारी दिए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।