images

झलनाथलाई प्रचण्डको आश्वासन, सुदूरपश्चिमको विवाद आज साँझसम्म मिलाउने कोसिस गर्ने छु

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबिच भेटवार्ता भएको छ । मङ्गलवार नेता खनाल प्रधानमन्त्री प्रचण्डलाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए ।

खास गरी पछिल्लो समय सत्ता समीकरणमा देखिएको सङ्कट समाधान गर्ने विषयमा प्रधानमन्त्री प्रचण्ड र नेता खनालबिच छलफल भएको हो । नेता खनालले सुदूरपश्चिमको मुख्यमन्त्री पहिलो चरणमै आफूहरूलाई नदिए सत्ता गठबन्धनमा सङ्कट आउने चेतावनी दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले भने आज साँझसम्म ‘मिलाउने’ आश्वासन दिएका छन् । बालुवाटारमा भएको छलफलबारे खनालले भने, ‘अन्यथा गठबन्धन भित्रै पनि दक्षिणपन्थीहरूले खेलेर यो गठबन्धन फुटाइदिन्छन् भन्ने कुरा भयो ।’

उनले थप्दै भने, ‘मेरो आग्रहमा प्रधानमन्त्री र नाउपा अध्यक्ष श्रेष्ठ सकारात्मक हुनुहुन्छ’, खनालले भने, ‘दिउँसो १ बजेअघि नै त्यसबारे निर्णय गर्नुस् भनेको छु ।’

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले पूर्व सहमति कार्यान्वयन नगरेको भन्दै रुष्ट छन्