images

मधेस प्रदेशका मुख्यमन्त्री विश्वासको मत लिँदै

काठमाडौं– मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदै छन्।

मुख्यमन्त्री यादवले आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिने भएका हुन्। गत चैत ९ गते नेपाली कांग्रेसले यादवको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री यादवले कांग्रेसका मन्त्रीलाई हटाएर नेकपा ९एमाले०लाई सरकारमा सहभागी गराएपछि कांग्रेसले समर्थन फिर्ता लिएको थियो।

मुख्यमन्त्री यादवले यो सहित चौथो पटक विश्वासको मत लिन लागेका हुन्। १०७ सदस्यीय मधेस प्रदेश सभामा बहुमतका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ।

अहिले जनता समाजवादी पार्टी (जसपा) नेपालको नेतृत्वको मधेस सरकारमा एमाले, नेकपा (माओवादी केन्द्र), लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) र नेकपा (एकीकृत समाजवादी) सहभागी छन्। प्रदेश सभामा एमालेका २५, कांग्रेसका २२, जसपाका १९, जनमत पार्टीका १३, माओवादी र लोसपाका नौरनौ र एकीकृत समाजवादी का सात सांसद छन्। यस्तै, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल सङ्घीय समाजवादी पार्टीका एकर एक सांसद छन्।