images

सुनको मूल्यको नयाँ रेकर्ड कायम 

काठमाडौं- सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।  मङ्गलवार प्रतितोला एक हजार सात सय रुपैयाँले बढेर कीर्तिमान कायम गरेको हो । लगातार उकालो लागेको सुनको मूल्य आजको वृद्धिपछि हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
छापावाल सुन सोमबारको तुलनामा एक हजार सात सय रुपैयाँले बढेर एक लाख ३९ हजार दुई सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तेजाबी सुन आज प्रतितोला एक लाख ३८ हजार पाँच सय ५० रुपैयाँ निर्धारण भएको छ ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ५० निर्धारण भएको महासङ्घले जनाएको छ ।