
काठमाडौं– महालेखा परीक्षकमा तोयम रायाको नाम अनुमोदन भएको छ । मङ्गलवार संसदीय समितिबाट उनलाई सर्वसम्मत अनुमोदित गरिएको हो ।
गत चैत्र १८ गते संवैधानिक परिषद्ले रायलाई महालेखा परीक्षकमा सिफारिस गरेको थियो । राय राष्ट्रिय तथ्याङ्क कार्यालयका सचिव हुन् । उनी ६ वर्षीय कार्यकालका लागि महालेखा परीक्षकमा नियुक्त हुनेछन्