images
images

सामाजिक विकास कार्यालय डोल्पाका तत्कालीन कार्यालय प्रमुख आचार्यसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं– सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

डोल्पामा खेलकुद मैदान निर्माणका क्रममा भ्रष्टाचार गरेको आरोपमा तत्कालीन कार्यालय प्रमुख आचार्यका साथै सामाजिक विकास कार्यालयका सब–इन्जिनियर मोतीप्रसाद बुढा, कभर्ड हल तथा खेलकुद मैदान निर्माण उपभोक्ता समितिका अध्यक्ष अभिषेक शाही, सचिव अपार गुरुङ र कोषाध्यक्ष विश्वनाथ शाही विरुद्ध मङ्गलवार विशेष अदालतमा मुद्दा दर्ता भएको हो ।

उनीहरूले डोल्पाको ठूलीभेरी नगरपालिका–३ दुनैमा खेलकुद मैदान निर्माणमा कर्णाली प्रदेश सरकारबाट छुट्टाएको रकम अनियमितता गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ठहर छ । निर्माणको काम लागत अनुमान र सम्झौताभन्दा कम गरी ९ लाख ९३ हजार रुपैयाँ अनियमितता गरेको अख्तियारको अनुसन्धानमा पाइएको छ ।

अख्तियारले पाँचै जनालाई ९ लाख ९३ हजार रुपैयाँ बराबरको बिगो कायम गरी असुलउपर गर्न माग दाबी गरेको छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS