images

ग्रिन अर्थतन्त्रलाई प्राथमिकता दिनुपर्नेमा ऊर्जा मन्त्री बस्नेतको जोड

काठमाडौं– ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले बनाउने नीति तथा कार्यक्रममा ग्रिन अर्थतन्त्रलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् ।

बुधवार काठमाडौंमा भएको हाइड्रोजन डाइलग कार्यक्रममा ऊर्जा मन्त्री बस्नेतले यस्तो बताएका हुन् । नेपालमा ग्रिन अर्थतन्त्र र ग्रिन आर्थिक विकासको चर्चा गर्न ढिला भएको भन्दै उनले अब ग्रिन अर्थतन्त्रका विषयमा बहस गरी नीतिगत रूपमा अघि बढ्नुको विकल्प नभएको बताए । मन्त्री बस्नेतले स्रोत उपलब्धताको दृष्टिकोणबाट हेर्दा नेपाल सरकारले स्रोतलाई आर्थिक विकासको अभियानमा व्यवस्थित ढङ्गले सदुपयोग गरी आर्थिक विकास समृद्धिको सपना पूरा गर्न नसकेको पनि बताए ।

नेपाल ग्रिन अर्थतन्त्रमा जानको लागि नीतिगत रूपमा नै कार्यक्रमहरू बनाएर जान आवश्यक देखिएको उनको भनाइ छ ।