
काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८५० ग्राम सुन बरामद भएको छ ।
शुक्रवार दिउँसो करिब २ बजे विमानस्थलको आगमन टनेल गेटबाट सुन बरामद भएको अध्यागमन विभागले जनाएको छ ।
उक्त सुन भारतीय महिला सहिना प्रभिनले प्लास्टिकभित्र राखेर कालो टेपले बरेर साथमा राखेकी थिइन् । यस अघि बिहीबार मात्रै त्रिभुवन विमानस्थलमा बेवारिसे अवस्थामा एक किलो सुन फेला परेको थियो ।