images

गोरखाको वीरेन्द्र तालमा हिमपहिरो, सतकर्ता अपनाउन आग्रह

काठमाडौं– गोरखाको वीरेन्द्र तालमा हिम पहिरो आएको छ । आइतबार मनासलु बेसक्याम्पबाट झरेको हिम पहिरोका कारण तालको पानी बाहिर आएको छ ।

हिम पहिरोका कारण पानी बाहिर आएको गोरखाका प्रमुख जिल्ला अधिकारी वासुदेव पाठकले जानकारी दिए । पानी तालबाट छ छल्किएर बाहिर आउँदा बाढी आएर एउटा कच्ची पुल बगाएको छ ।

चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेका अनुसार तल्लो तटीय क्षेत्रमा नदीको आकार बढेको छ ।

‘माथि खासै ठुलो क्षति भएको छैन । एउटा काठेपोल बगाएको भन्ने छ,’ उनले भने, ‘तल्लो क्षेत्रमा नदी बढेको छ । सतर्कता अपनाउन भनेका छौँ ।’