images

यो समिकरण पुरै कार्यकाल चल्छ: प्रचण्ड

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले–माओवादीसहितको समीकरण संसद्को पूरै कार्यकाल कायम रहने दाबी गरेका छन् ।
धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले गठबन्धनमा कुनै समस्या नरहेको दाबी पनि गरे । प्रदेशमा सरकार बनाउने प्रक्रिया अन्तिम चरणमा पुगेको भन्दै उनले अब कोशी प्रदेशमा मात्र बाँकी मुख्यमन्त्री चुन्न बाँकी रहेको बताए । अहिलेको सत्ता गठबन्धनलाई वामपन्थी एकता नभई सत्ता समीकरणको रूपमा लिइएको दाहालको भनाइ छ । उनले समझदारी राम्रो बन्दै गए वाम एकताको सम्भावना पनि रहेको बताए ।
प्रधानमन्त्री दाहालले आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट परम्पराभन्दा भिन्न ढङ्गले प्रस्तुत गर्ने स्पष्ट पारे । वैज्ञानिक वस्तुवादी र जनमैत्री बनाउने गरी नीति कार्यक्रमको ड्राफ्ट भइसकेको उनको भनाइ छ । पहिलो पटक नेपालमा हुन लागेको कतारका राजा अमिरको भ्रमणको तयारीमा सरकार लागिरहेको बताउँदै दाहालले ऐतिहासिक अवसर भएको उल्लेख गरे । साथै यही वैशाख १६ र १७ गते आयोजना हुन लागेको लगानी सम्मेलनको पनि तयारी पूरा हुने चरणमा रहेको दाहालको भनाइ छ ।