images

पाँचथरमा जीप दुर्घटना हुँदा १४ जना घाइते 

काठमाडौं–पाँचथरको हिलिहाङ गाउँपालिका–७ सल्लेरीमा जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।  मेची राजमार्गको फिदिम–ताप्लेजुङ सडक खण्ड अन्तर्गत पाँचथरको हिलिहाङ गाउँपालिका–७ मा जीप दुर्घटनामा परेको थियो ।

 ताप्लेजुङदेखि झापा जाँदै गरेको मे १ ज १९४७ नम्बरको जीप आइतबार बिहान दुर्घटनामा परेको थियो । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी सुमित कुश्वाहाका अनुसार जीप सडकदेखि ५० मिटर तल झरेको छ ।