images

माओवादी नेता शर्मा दम्पती जसपामा प्रवेश

महोत्तरी– नेकपा माओवादी केन्द्र त्यागेका नेता रामकुमार शर्मा जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन्।

जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले महोत्तरीको जलेश्वरस्थित जिल्ला समन्वय समितिको सभा हलमा एक औपचारिक कार्यक्रमको बिच शर्मालाई पार्टीमा प्रवेश गरेका हुन्।

जसपा अध्यक्ष उपेन्द्र यादवले उनलाई फूल माला लगाएर स्वागत गरेका थिए ।

जसपाका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले पार्टी अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादव, मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव लगायतले शर्मा, उनकी पत्नी इन्दु शर्मालगायत नव प्रवेशीहरुलाई स्वागत गरेको जानकारी दिए। शर्माले गत चैत ८ गते माओवादी केन्द्र परित्याग गरेका थिए ।