images

रेशम चौधरीले निर्वाचन आयोग र पत्नी श्रेष्ठविरुद्ध दायर गरेको मुद्दा स्थगित

काठमाडौं–रेशम चौधरीले निर्वाचन आयोग र रञ्जिता श्रेष्ठविरुद्ध दायर गरेको रिट हेर्न नभ्याइनेमा परेको छ ।

आठौँ नम्बरको सुनुवाइ सकिएपछि सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्द मोहन भट्टराई र विनोद शर्माको इजलासमा १२ औँ नम्बरमा रहेको मुद्दा हेर्न नभ्याइनेमा राखिएको हो । चौधरीले जेलबाटै नागरिक उन्मुक्ति पार्टी गठन गरी गत पुस २७ गते कैलालीको टीकापुरमा भएको प्रथम महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष चयन भएका थिए ।

उनी निर्वाचित भएको अद्यावधिक निवेदन भने निर्वाचन आयोगले अस्वीकृत गरेको थियो । आयोगले नाउपाको अध्यक्ष रञ्जिता श्रेष्ठ नै भएको ठहर गरेको थियो । सो निर्णयविरुद्ध चौधरी सर्वोच्च गएका थिए ।