images

नेप्से परिसूचक १२ दशमलव २९ अङ्कले बढ्यो

काठमाडौं– लगातार ५ कारोबार घटेको सेयर बजार परिसूचक नेप्से आइतबार १२ अङ्कले बढेको छ ।

आइतबार नेप्से परिसूचक १२ दशमलव २९ अङ्क बढेर १९ सय ८४ विन्दुमा पुगेको हो । नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन बिहीबार २ अर्ब ९ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१० स्टकको ४७ हजार ११७ पटकको कारोबारमा २ अर्ब २५ करोड ९९ लाख ५९ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

यस दिन दोल्ती पावरको शेयर मूल्य सर्वाधिक ९ दशमलव ८८ प्रतिशत बढेको छ । त्यस्तै, एनआईसी एसिया लघुवित्त र रुरु जलविद्युत परियोजनाको मूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ । १३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ ।