images

गठबन्धन कति दिनसम्म चल्छ भन्न सक्दिनँः माधव नेपाल

काठमाडौं–नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धन कति दिन टिक्ने हो भन्ने प्रश्न उठेको बताएका छन् ।

सोमवार नेकपा एमालेको पार्टीका केन्द्रीय कार्यालय च्यासलमा भएको नरबहादुर कर्माचार्यको तेस्रो वार्षिक केन्द्रीय सभालाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । उनले नेपालको राजनीति जटिल रहेको बताए । अध्यक्ष नेपालले छोटो समयमा गठबन्धन फेरिरहेको भन्दै वर्तमान सत्ता गठबन्धन कति दिन टिक्छ रु भन्नेमा आशङ्का व्यक्त गरे ।

उनले अहिलेको गठबन्धनको परिस्थिति सहज नरहेको जिकिर गरे । कसैका धाक, धम्की, कसैका गालीगलौज सुन्नका लागि आफूहरू राजनीतिमा नआएको बताए । उनले वर्तमान सत्ता गठबन्धनमा आफूहरूले सहजता महसुस नगरेको भन्दै गठबन्धन तलमाथि हुनसक्ने आशङ्का व्यक्त गरे ।

उनले भने, ‘नेपालको राजनीति जटिल छ । छोटो समय भित्र गठबन्धन ओल्टे कोल्टे गरेको छ । कति दिनसम्म यो गठबन्धन टिकिरहने हो भन्ने प्रश्न उठेको उठ्यै छ । त्यसको सबै जवाफ त हाम्रो सम्माननीय प्रधानमन्त्रीज्युले दिनुहुनेछ । मैले दिन सक्दिन । तर पनि अलिअलि भन्न सक्छु । परिस्थिति सहज छैन । हामी सहज मानिरहेका छैनौँ । सहज अवस्थामा आफूलाई अनुभूत गरिरहेका छैनौं । कसैका धाक, धम्की, कसैका गालीगलौज सुन्नका लागि हामी राजनीतिमा आएका होइनौँ, समाजमा जन्मिएका होइनौँ, राजनीतिमा लागेका होइनौं । कसैको दास बन्ने हाम्रो नियत होइनौं ।’

अध्यक्ष नेपालले जनताका जनजीविकाका सवालहरू, समानता र न्याय, रोजगारीका समस्याहरू, आर्थिक उन्नतिको कुरामा कम्युनिस्ट पार्टीले आवाज बुलन्द गर्नुपर्ने बताए ।