images

सन्दीप लामिछानेको मुद्दाको आज सुनुवाइ हुँदै

काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको आज सुनुवाइ हुने भएको छ।

जिल्ला अदालत, काठमाडौंको फैसलामाथि गरेको पुनरावेदनमा सोमबार उच्च अदालत पाटनमा सुनुवाइ हुने भएको हो।

गत वैशाख ३ गतेको सुनुवाइमा न्यायाधीशले वडाबाट एउटा कागजात मगाउने आदेश दिएका थिए। न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुङ्गेलको इजलासले तादी गाउँपालिकाको वडा नम्बर २ गौशाला २६ ले जन्म दर्तामा जन्म मिति सच्याउन दिएको निवेदन झिकाउन आदेश गरेको थियो।

साथै, जन्म मिति सम्वन्धी स्पष्ट हुने कागजात पनि माग्ने आदेश भएको छ।

सन्दीपले जिल्ला अदालतको फैसलालाई चुनौती दिँदै गरेको पुनरावेदन र जिल्ला सरकारी वकिलको कार्यालयले सजाय कम भएको भन्दै गरेको पुनरावेदन गएको थियो ।