images

पूर्व राष्ट्रपति भण्डारीलाई सम्मान गर्ने कार्यक्रम माधव नेपालद्वारा बहिस्कार

काठमाडौं–नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मान गर्ने कार्यक्रम बहिस्कार गरेका छन् । नेकपा एमालेले सोमबार आयोजना गरेको पार्टी स्थापनाको ७५ वर्षको अवसरमा आयोजित हीरक महोत्सव पूर्व राष्ट्रपति भण्डारीलाई सम्मान गर्दै छ ।

एमालेले हीरक महोत्सवमा प्रधानमन्त्रीसमेत रहेका पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माधव कुमार नेपाल, झलनाथ खनाल लगायतलाई विशेष वक्ताको रूपमा निम्ताएको थियो । ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित कार्यक्रममा एमालेले पूर्व राष्ट्रपति तथा एमालेका पूर्व उपाध्यक्ष विद्या भण्डारीलाई ‘गणतन्त्र गौरव सम्मान’बाट सम्मानित गर्दै छ ।

उक्त कार्यक्रमलाई नेता नेपालले बहिस्कार गरेका छन् । गणतन्त्रमा दुई र दुई पटक संसद् विघटन गर्न सहयोग गर्‍यो उसैलाई सम्मान गर्ने कार्यक्रममा जान उचित पनि नभएको भन्दै नेता नेपालले बहिस्कार गरेको उनको स्रोतले जनाएको छ ।

सत्ता साझेदार दलकै कार्यक्रम भएकाले खनाल भने सहभागी हुने उनको निजी सचिवालयले जनाएको छ ।