images

कतारका राजाको नेपाल भ्रमणमा भोलि सार्वजनिक बिदा

काठमाडौं–सरकारले कतारका अमिर (राजा) शेख तमिम बिन हमाल अल थानीको नेपाल भ्रमणका क्रममा भोलि९मङ्गलवार० सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सोमवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले कतारका राजा अमिरले मङ्गलवारबाट गर्नुहुने नेपाल भ्रमणको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सञ्चारकर्मीहरूसँग बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले कतारका राजाको भ्रमणमा विभिन्न सम्झौताहरु हुने पनि बताइन् । उनले पर्यटनसम्बन्धित सम्झौता, विभिन्न मन्त्रालय अन्तर्गतका, खेलकुद, सञ्चार अन्तर्गतका सम्झौताहरु हुने पनि जनाएकी छिन् । कतारका राजासँग नेपाललाई फाइदा हुने ढंगले सम्झौताहरु हुने दाबी गरिन् ।