images

अर्थ सचिवमा मधुकुमार मरासिनी

काठमाडौं– सरकारले अर्थ सचिवमा मधुकुमार मरासिनीलाई सरुवा गरेको छ । अर्थ सचिवमा मरासिनीले अदालतबाट सफाइ पाएर आएको भन्दै सरकारले उनलाई अर्थ सचिवको रूपमा सरुवा गर्ने निर्णय गरेको हो ।

सञ्चारकर्मीहरूसँग बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्ने निर्णय गरेको जानकारी दिइन् ।

उनले विपद्बाट क्षति भएका तथा जोखिममा रहेका निजी आवास प्रवर्द्धन प्रबलीकरण, पुनः स्थापना तथा पुनः निर्माण गर्न तीन तहको सह लगानी हुनसक्ने गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको नियमावली संशोधन गर्ने निर्णय भएको बताइन् ।

उनले भनिन्, ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न सम्माननीय राष्ट्रपति समक्ष पेस गर्ने । राष्ट्रपतिसमक्ष यो अध्यादेश पेस भइसकेपछि यो जारी हुनेछ ।

विपद्बाट क्षति भएका तथा जोखिममा रहेका निजी आवास प्रवर्द्धन प्रबलीकरण, पुनः स्थापना तथा पुनः निर्माण गर्न तीन तहको सह लगानी हुनसक्ने गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको नियमावली संशोधन गर्ने निर्णय मन्त्रीपरिषद्को बैठकले गरेको छ । त्यसै गरि पश्चिमको दुई वटा जिल्लामा भूकम्पको क्षति भएकोले बझाङसहितका ती जिल्लाहरूलाई केन्द्रीकृत गरेर सहयोग गरिने निर्णय भएको मन्त्री शर्माको भनाई रहेको छ ।