images

ओलीलाई देउवाले भने, कांग्रेसलाई गाली गर्ने होइन, मदनको हत्यारा पत्ता लगाउनुस्

काठमाडौं–प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मदन भण्डारीको हत्यारा अझै पत्ता लगाउन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

सोमवार ललितपुरको गोदावरी स्थित सनराज हलमा नेकपा एमालेद्वारा आयोजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापनाको हिरक महोत्सव समारोहमा बोल्दै उनले मदन भण्डारीको हत्यारा किन पत्ता लगाउन नसकेको भन्दै एमाले नेतृत्वप्रति प्रश्न गरे । कांग्रेसलाई गाली गर्नेले मदन भण्डारीको हत्यारा पत्ता लगाउन अहिलेसम्म नसकेको सभापति देउवाको भनाई थियो ।

देउवाले मदन भण्डारी आफूहरूको पनि नेता भएको उल्लेख गर्दै तर उनको हत्यारा पत्ता लगाउने काम किन गरिएन ? भन्ने मदन भण्डारीकी धर्मपत्नी समेत रहेकी विद्या भण्डारीलाई पनि प्रश्न गरे । दुई पटक राष्ट्रपति हुँदा र एमालेको नेतृत्वमा पटक पटक सरकार बन्दा पनि सो हत्याकाण्डको रहस्य पत्ता लगाउने काम नभएको उल्लेख गर्दै सभापति देउवाले त्यसमा कांग्रेसले कुनै व्यवधान खडा नगरेको पनि बताए । उनले कांग्रेसलाई गाली गर्नेहरूले मदन भण्डारीको हत्यारा पत्ता लगाउनुपर्नेमा जोड दिए ।

सभापति देउवाले भन्ने, ‘कांग्रेसलाई गाली गर्नेले मदन भण्डारीको हत्यारा अहिलेसम्म पत्ता लगाउन सकेको छैन । हुँदाहुँदै उहाँको ड्राइभर पनि मारियो । त्यो अहिलेसम्म पत्ता लगाउन सकेको छैन । भनेदेखि मदन भण्डारी हाम्रो नेता हो, त्यसमा दुई मत छैन । तर मार्नेको पत्ता किन लागेन रु त्यस कारण कांग्रेसको विरोध गर्न सजिलो होला । गर्नुस् केही छैन । तर आफ्नो पनि भन्नु प¥यो नि । किन मदन भण्डारीको हत्यारा पत्ता लागेन । काँग्रेस लुकेको छ यहाँ रु कहाँ लुकेको छ रु त्यसैले यो रहस्यमय हत्या । दुई पटक राष्ट्रपति बनिसक्नु भयो । प्रधानमन्त्रीहरू बनिसकेको सबै । खै पत्ता लगाएको रु त्यस कारण मलाई गाली गरेर केही हुनेवाला छैन । त्यो कुरा पत्ता लगाउनु¥यो तपाईँहरूले । गणेशमान हाम्रो नेता हो । देशका महत्त्वपूर्ण कार्यहरूमा हामी बिच सहकार्य भएको पनि लामो इतिहास छ । २०४६ सालको जनआन्दोलन, २०६२/६३ सालको जनआन्दोलन, वर्तमान संविधान हामी बिचका सहकार्यबाट मुलुकले प्राप्त गरेको उपलब्धिका उदाहरण हुन् । नेपाली काँग्रेसले सधैभरी देशको महत्त्वपूर्ण मुद्दामा विद्यमान राजनीतिक दलहरूबिच संवाद, सहमति र सहकार्यको नीति लिँदै आएको छ । हामी त्यसको निरन्तरताको पक्षमा छौँ । ’

सभापति देउवाले नेपाली कांग्रेस सधैँभर देशको महत्त्वपूर्ण मुद्दामा विद्यमान राजनीतिक दलहरूबिच संवाद, सहमति र सहकार्यको नीति लिँदै आएको र त्यसको निरन्तरताको पक्षमा रहेको पनि बताए । उनले संसद्मा प्रतिपक्षले उठाएका विषयलाई गम्भीरतापूर्वक लिन पनि सरकार र सत्तारुढ दलहरूलाई आग्रह गरे ।