images
images

सशस्त्रका इन्स्पेक्टर चन्द्रविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं–सशस्त्र प्रहरी बलका इन्स्पेक्टर प्रकाशबहादुर चन्दविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले सोमबार विशेष अदालतमा ३६ नम्बर गण हेडक्वार्टर डोटी दरबन्दी भएका चन्दविरुद्ध मुद्दा दायर गरेको हो । चन्दले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, बोर्ड अफ हाई स्कुल एन्ड इन्टरमिडियट एजुकेसन युपीबाट लिएको हाई स्कुलको शैक्षिक प्रमाणपत्र नक्कली भएको पाएको अख्तियारको भनाइ छ ।

उक्त शैक्षिक प्रमाणपत्र पेस गरी परिचर पदमा भर्ना भई माथिल्लो पदका लागि समेत सोही प्रमाणपत्र पेस गरी इन्स्पेक्टरसम्म भई सेवा सुविधा लिई भ्रष्टाचार गरेको दाबी गर्दै मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS