images

गृहमन्त्रीलाई सांसद शाहीले भने,विदेशी राजाको खुट्टा ढोग्नु भन्दा आफ्नै देशको राजा फर्काउन लाग्नुहोस्

काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेलाई आफ्नै देशको राजा फर्काउने अभियानमा लाग्न सुझाव दिएका छन् । गृहमन्त्री लामिछाने सञ्चार कर्ममा हुँदा लेखेको फेसबुक स्ट्याटस सेयर गर्दै सांसद शाहीले उक्त सुझाव दिएका हुन् ।

सञ्चार क्षेत्रमा रहँदा लामिछानेले कतै भेटेको कुरो….खसी हुनुहोस् ।भारत र चीनका राष्ट्रपति आउँदा सार्वजनिक बिदा मात्रै घोषणा गरेछन् ।धन्न बाउको मुख हेर्ने दिनको बिदा गरेनछन् भन्दै स्ट्याटस लेखेका थिए ।

सोही स्ट्याटसको स्क्रिन सेयर गर्दै सांसद ज्ञानेन्द्र शाहीले लेखेका छन्, ‘माननीय रवि लामिछाने ज्यू हिजोका दिनहरूमा तपाईँले जनताको आवाज उठाउँदै गर्दा हाम्रो साथ र समर्थन थियो तर आज तपाईँ आफै गृहमन्त्री हुँदा कतारका राजा आउँदा सार्वजनिक बिदा दिनुभएछ अब भन्नुहोस् तपाईँ र अरू नेतामा के फरक भो ? बोल्ने एउटा गर्ने एउटा ? विदेशी राजाका खुट्टा नै ढाक्न जानु भन्दा आफ्नै देशका राजा फर्काउने अभियानमा लाग्नुहोस् कति गुलामी गर्छौ हो विदेशीको ?’

सामाजिक सञ्जालमा चर्को आलोचना भएपश्चात् गृहमन्त्री लामिछानेले तीन दशक देखिको प्रणाली परिवर्तन गर्न समय लाग्ने भन्दै पन्छिएका छन् ।