images

बझाङका एमाले उम्मेदवार भण्डारीलाई पितृ शोक

काठमाडौं– बझाङ प्रदेश सभा क्षेत्र नम्बर १ को उपनिर्वाचनका उम्मेदवार दमनबहादुर भण्डारीलाई पितृ शोक परेको छ। मङ्गलवार बिहान भण्डारीका बुबा चक्रबहादुर भण्डारीको ८८ वर्षको उमेरमा निधन भएको हो ।

उपनिर्वाचनको चुनावी प्रचारका क्रममा रहेका वेला उम्मेदवार भण्डारीका बुबाको निधन भएपछि एक दिनलाई प्रचारप्रसार स्थगित गरिएको एमालेका बझाङ जिल्ला इन्चार्ज राजेन्द्र रावलले जानकारी दिए । मृतक भण्डारी दुई हप्तादेखि बिरामी परेका थिए।

छबिस पाथीभरा गाउँपालिका-१, भण्डारीगाउँनिवासी उनको बुधवार बिहान अन्तिम संस्कार गरिने आफन्तजनले बताएका छन्। अन्तिम संस्कारपछि बुधवारदेखि नै चुनावी अभियानलाई निरन्तरता दिइने इन्चार्ज रावलले जानकारी दिए।