images

जनकपुरको  नमुना गेस्ट हाउसमा एक युवक मृत फेला 

जनकपुरधाम– मधेश प्रदेशको राजधानी जनकपुरको पिडारी चोकस्थित रहेका नमुना होटेल एन्ड गेस्ट हाउसमा एक युवक मृत फेला परेका छन् ।
नमुना होटेल एन्ड गेस्ट हाउस होटेलको कोठा नं. २०४ मा झुन्डिएको अवस्थामा राति ११ बजे तिर मृत फेला परेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।
मृ‌त फेला पर्नेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका ३ बस्ने २५ वर्षीय मित कुशियैत यादव छन् ।
प्रहरीका अनुसार बेलुका ७ बजे युवक कोठा बुक गरेका थिए । राति ११ बजे ढोका खुल्लै अवस्थामा कोठामा उनी झुन्डिएको अवस्थामा फेला परेका हुन् ।
घटनास्थलमा प्रहरी पुगेर  शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको डिएसपी अवाले बताए ।
हिजो मङ्गलवार दिउँसो मात्रै जनकपुरको रामानन्दचोक स्थित होटेल होलिडे एन्ड गेस्ट हाउसमा  एक पुरुष र महिला  मृत फेला परेका थिए।