images

जलश्रोतको महत्वलाई बुझेर सही सदुपयोग गर्न आवश्यक: मन्त्री बस्नेत

काठमाडौं–चौथो हिमालयन हाइड्रो एक्स्पो सुरु भएको छ । बुधवारबाट काठमाडौंमा तीन दिने हिमालयन हाइड्रो एक्स्पो सुरु भएको हो । एक्स्पोको उद्घाटन ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले गरे ।
हिमालयन हाइड्रो एक्स्पोको उद्घाटनको अवसरमा स्काई टावरदेखि विद्युतीय सवारीसाधनहरूको ¥याली भएको छ । ¥यालीमा ३ सय भन्दा बढी विद्युतीय सवारीसाधनहरू रहेका छन् । स्काइ टावरबाट बानेश्वर हुँदै कोटेश्वर, सात दोबाटो, एकान्त कुना, कुपण्डोल, लैनचौरबाट प्रधानमन्त्री कार्यालय घुमेर भृकुटीमण्डपमा आएर ¥याली सम्पन्न हुने र एक्स्पोका अन्य कार्यक्रमहरू सुरु हुने आयोजक स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इप्पान) ले जनाएको छ ।
एक्स्पोको उद्घाटन गर्दै उर्जामन्त्री बस्नेतले सरकारले आयोजना गरेको लगानी सम्मेलनलाई एक्स्पोले सार्थक बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालको जलश्रोतको महत्वलाई बुझेर सही सदुपयोग गर्न आवश्यक रहेको बताए । उनले आगामी दिनमा सरकार, निजी क्षेत्रको हातेमालोबाट विद्युत् उत्पादनको क्षेत्रमा विकास र बिस्तारका लागि काम गर्ने प्रतिबद्धता जनाए ।
उनले भने, ‘हामी सबैलाई थाहा छ, नेपाल सरकारले लगानी सम्मेलनको आयोजना गरेको छ । लगानी सम्मेलनको पूर्व सन्ध्यामा हिमालयन हाइड्रो एक्स्पोको आयोजना भइरहेको छ । यसले लगानी सम्मेलनलाई अझ सार्थक बनाउनेछ । नेपालको जलश्रोत जुन प्रकृतिको छ, यसको महत्त्व जुन प्रकारको छ, त्यही रूपमा सदुपयोग अझ गर्न थप काम गर्नुपर्ने आवश्यकता छ । आगामी दिनमा सरकार, निजी क्षेत्रको हातेमालोबाट यस क्षेत्रको विकास र बिस्तारको लागि काम गर्नेछौँ ।’
कार्यक्रममा बोल्दै स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले लगानी सम्मेलनलाई सफल बनाउने उद्देश्यले हिमालयन हाइड्रो एक्स्पो आयोजना गरिएको बताए । उनले विद्युतीय सवारीसाधनहरूको ¥याली नेपालमै धेरै विद्युत् खपत गरौँ भन्ने सन्देश दिन गरिएको बताए । सरकारले सन् २०३५ सम्म १३ हजार मेगावाट बिजुली नेपालमा खपत गर्ने लक्ष्य लिएको भन्दै त्यसलाई सार्थक बनाउन एक्स्पोले भूमिका खेल्ने बताए ।
उनले भने, ‘हामीले आजदेखि हिमालयन हाइड्रो एक्स्पो गर्दै छौँ । नेपाल सरकारले पनि इन्भेस्टमेन्ट समिट गर्दै छ । त्यसको सफलताका लागि हामीले उद्देश्यका लागि गरेका छौँ । इभी ¥याली हाम्रो विद्युत् हामीले नै खपत गरौँ भन्ने उद्देश्यले गरेका हौँ । नेपालमा थुप्रै बिजुली खपत गर्नुपर्नेछ । नेपाल सरकारले त झनै २०३५ सम्म १३ हजार मेगावाट बिजुली खपत गर्ने योजना लिएर अघि बढिरहेको छ । त्यसले गर्दा त्यही उद्देश्यलाई पूरा गर्न इभीलाई प्रोत्साहन गर्नका लागि ¥याली गरेका हौँ । इलेकट्रोनिक उद्योगलाई सहयोग पुग्नेछ भन्ने उद्देश्यबाट यो समिट गर्न लागेका हौँ ।’
अध्यक्ष कार्कीले जलविद्युत र ऊर्जासँग सम्बन्धित सामानहरू प्रदर्शनी गर्ने र बेच्ने भन्दा बाहेकका कुराहरू विगतमा नहुने गरेको भए पनि यस पटकको मेलामा भने विभिन्न चरणमा ऊर्जा क्षेत्रका समस्या, समाधान, लगानीका बारेमा विस्तृत रूपमा छलफल हुने र अन्ततः लगानी सम्मेलनलाई एक्स्पोले सहयोग पु¥याउने विश्वास रहेको बताए ।
 सन् २०३५ सम्ममा सरकारले लिएको २८ हजार ५ सयको विद्युत् उत्पादनको योजना सफल बनाउनका लागि पनि एक्स्पोले भूमिका खेल्ने बताए अध्यक्ष कार्कीले नेपालमा लगानी गर्ने राम्रो वातावरण रहेको सन्देश विदेशी लगानी कर्ताहरूलाई दिन आवश्यक रहेको बताए ।