
काठमाडौं–उपत्यका अपराध अनुसन्धान कार्यालयले करिब डेढ किलो अवैध सुन र नगद १ करोड रुपैयाँ बरामद गरेको छ ।
विशेष सूचनाका आधारमा खटिएको अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध सुन र नगदसहित ७ जनालाई पक्राउ गरेको जनाएको छ । घटनका बारेमा केही समयपछि पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।