images
images

ठुलो परिणाममा नक्कली नोट सहित दुई जना पक्राउ

काठमाडौं– वीरगन्जबाट प्रहरीले ठुलो परिमाणमा नेपाली नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ । नेपाली १ हजार दरका १ सय २३ थान नक्कली नोटसहित दुई जनालाई वीरगन्जको घण्टाघर नजिकबाट सोमबार साँझ प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको बिहार राज्यको पश्चिमी चम्पारण जिल्लाको बेतिया भावल पञ्चायत–४ घर भएका ३० वर्षीय क्यामुद्धिन मियाँ र बारा जिल्लाको प्रसौनी गाउँपालिका वडा नम्बर २ घर भएकी ४० वर्षीय हलिमा खातुन रहेका छन् ।

विशेष सूचनाको आधारमा सोमबार राति वडा प्रहरी कार्यालय बिर्ताबाट प्रहरी निरीक्षक पुष्कर बोगटीको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरूलाई घण्टाघर चोक नजिकबाट पक्राउ गरेको हो।

भारतको रक्सौलबाट पैदल आउँदै गरेका उनीहरूलाई घण्टाघर चोकस्थित सडकमा रोकेर शरीर खानतलासी गर्दा दुवै जनाको साथबाट गरी १ सय २३ थान नक्कली नोट बरामद भएको प्रहरी निरीक्षक बोगटीले बताए । नक्कली नोटसहित पक्राउ परेका दुवै जनालाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS