images

अफगानिस्तानको मस्जिदमा अन्धाधुन्ध गोली प्रहार,  ६ जनाको मृत्यु

एजेन्सी– पश्चिमी अफगानिस्तानको हेरात प्रान्तको एक मस्जिदमा बन्दुकधारीले गरेको आक्रमणमा ६ जनाको मृत्यु भएको छ । साथै अन्य एक जना घाइते भएका छन् । आन्तरिक मन्त्रालयका प्रवक्ता मुफ्ती अब्दुल मतीन कानीले यसबारेमा जानकारी दिएका हुन् ।
 प्रान्तको गोजारा जिल्लाको शाहराक क्षेत्रमा साँझको नमाज पढिरहेका उपासकहरूमाथि एक बन्दुकधारीले गोली चलाएपछि सो घटना भएको हो । मारिएका सबै सर्वसाधारण नागरिक थिए । अहिलेसम्म कुनै पनि समूह वा व्यक्तिले आक्रमणको जिम्मेवारी लिएको छैन ।