images

रोकी राखेको टिप्परमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

जनकपुरधाम– मोटरसाइकल दुर्घटनामा परेर धनुषामा एक जनाको मृत्यु भएको छ। मङ्गलवार राति करिब २ बजेको समयमा मिथिला नगरपालिका २ नकटाझिजस्थित ढल्केबर देखि जनकपुरधाम सडक खण्डमा बिग्रिएर रोकिराखेको टिप्परमा मोटरसाइकलले तिव्र गतिको कारण ठोक्किएको हो।

जनकपुरधामबाट ढल्केबरतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ क ०१६० नम्बरको मोटरसाइकल बिग्रिएर रोकिए राखेको मधेश प्रदेश ०१–००४ प ७५०० नम्बरको टिप्परमा ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषा प्रवक्ता डिएसपी राजन अवाले जनाएको छ।

उनका अनुसार दुर्घटनामा मृत्यु भएका पुरुषको सनाखत हुन सकेको छैन।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालकलाई प्रादेशिक अस्पताल जनकपुर पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।