images

नेपाल वेस्ट इन्डिज ‘ए’सँग ७६ रनले पराजित

काठमाडौं–नेपाल तेस्रो टी २० खेलमा वेस्ट इन्डिज ‘ए’सँग ७६ रनको फराकिलो अन्तरले पराजित भएको छ ।

२ सय २८ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर १ सय ५१ रन मात्र बनाउन सक्यो ।

जितसँगै शृङ्खलामा वेस्ट इन्डिजले २–१ को अग्रता लिएको छ । पहिलो खेल नेपालले ४ विकेटले जितेको थियो भने दोस्रो खेलमा भने १० रनले पराजित भएको थियो ।

नेपालका लागि लोकेश बम र करण केसीले सर्वाधिक २८र२८ रन बनाए । त्यस्तै, कुशल मल्लले २० रन बनाउँदा विनोद भण्डारीले १९ तथा अनिल साहले १४ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय २७ रन बनाएको थियो ।