images

रेडक्रसद्वारा १७ जिल्लाहरूमा विपद् पूर्व तयारी र प्रतिकार्य सम्बन्धी परियोजनाहरू सञ्चालन

काठमाडौं–नेपाल रेडक्रस सोसाइटीले देशभरका आफ्ना जिल्ला शाखा र निकायहरूलाई एकीकृत लेखा प्रणाली अपनाउन आग्रह गरेको छ ।

नेपाल रेडक्रस सोसाइटीको नवीकरणमा सहजीकरण गर्न एकीकृत लेखा प्रणाली अपनाउन आग्रह गरेको हो । नेपाल रेडक्रस सोसाइटीको ४९ औँ महाधिवेशनमा लेखा परीक्षण प्रतिवेदन ९अडिट रिपोर्ट० जिल्ला प्रशासन कार्यालयमा प्रस्तुत गरेर नवीकरणको लागि अघि बढ्नुपर्ने भएकोले छिटो गरी लेखा परीक्षण गराउन आग्रह गरेको हो ।

नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष प्रा। सुदर्शनप्रसाद नेपालले रेडक्रसले अडिटको छलफल भइसकेको भन्दै ७७ जिल्लाकै अडिट रिपोर्ट आवश्यक रहेको बताए । उनले सबै जिल्लाहरूले समयभित्रै अडिट रिपोर्ट बुझाउन पनि आग्रह गरे । उनले भदौ महिनासम्म केन्द्रबाट अडिट गरेर असोजसम्म नवीकरण गरिसक्ने समय निर्धारण गरिएको बताए । उनले रेडक्रसले गत वर्ष २५ लाख भन्दा बढी जनतासमक्ष विविध कार्यक्रम र गतिविधि लिएर गएको बताए । उनले स्वास्थ्य प्रवर्द्धन एवं रोकथाम तथा पीडा न्यूनीकरण तथा सरसफाइ, खानेपानी स्वच्छता, पोषण खोप, रक्त सञ्चार प्राथमिकता र एम्बुलेन्स, मातृ तथा बाल स्वास्थ्य, आँखा उपचार प्रवर्द्धन, प्रजनन स्वास्थ्य, मानसिक स्वास्थ्य, सर्ने तथा नसर्ने रोगहरू, महामारी, सर्प दंश उपचार सेवा लगायत आकस्मिक स्वास्थ्य लगायतका गतिविधिहरू सञ्चालन गरेको बताए । उनले विपद् न्यूनीकरण, पूर्व तयारी प्रतिकार्य पुनः लाभ कार्य लोकप्रिय हुँदै गइरहेको उल्लेख गरे ।

उनले भने, ‘गत वर्षमा हामी २५ लाख भन्दा बढी जनतासमक्ष विविध कार्यक्रम र गतिविधि लिएर गएका थियौँ । स्वास्थ्य प्रवर्द्धन एवं रोकथाम तथा पीडा न्यूनीकरण तथा सरसफाइ, खानेपानी स्वच्छता, पोषण खोप, रक्त सञ्चार प्राथमिकता र एम्बुलेन्स, मातृ तथा बाल स्वास्थ्य, आँखा उपचार प्रवर्द्धन, प्रजनन स्वास्थ्य, मानसिक स्वास्थ्य, सर्ने तथा नसर्ने रोगहरू, महामारी, सर्प दंश उपचार सेवा लगायत आकस्मिक स्वास्थ्य आदिका लागि रेडक्रसका निकायहरूले राष्ट्रव्यापी योगदान गरेको स्मरण गर्न चाहन्छु । विपद् न्यूनीकरण, पूर्व तयारी प्रतिकार्य पुनः लाभ कार्य लोकप्रिय हुँदै गइरहेका छन् । विपद् पूर्व, सूचना पूर्व अनुमानमा आधारित सेवा, जलवायु परिवर्तन र बसाइसराइ जस्ता समस्या न्युनकिरणका साथै जनचेतना अभिवृद्धि गर्ने जुनियर र युवा रेडक्रसको सङ्गठन, क्षमता विकास र सहभागिता समस्या न्यूनीकरणका साथै जनचेतना अभिवृद्धि गर्ने क्षमता तथा सहभागिता प्रवर्द्धन गर्दै बाल तथा युवा लक्षित गतिविधिहरू सञ्चालन गर्ने, संकटासन्न समुदाय तथा विशेष आवश्यकतामा रहेका व्यक्तिहरूको संरक्षण गर्ने जस्ता गतिविधि निरन्तर सञ्चालन, सहयोग गर्ने काम भएको छ । प्रतिनिधि प्रणालीको सुनिश्चितता हुनुपर्छ । यो एकीकृत लेखा प्रणाली भनेर जुन उल्लेख गरिएको छ, पहिला पहिला के हुन्थ्यो भने नेपाल रेडक्रस सोसाइटीको अडिट रिपोर्ट जुन हामीले जिल्ला प्रशासनमा प्रस्तुत गरेर त्यसबाट नवीकरणको लागि हामी अगाडि बढ्दथ्यौँ, तर अहिले हामीलाई धेरै नवीकरणमा पनि कठिनाइ परेको छ । अडिटको लागि कसरी जान ठिक हुन्छ भनेर पनि छलफल गरेका छौँ । अब अडिटको लागि व्यवस्थित गर्नुपर्छ । ७७ जिल्लाकै अडिट चाहिन्छ, लेखा चाहिन्छ । एकीकृत लेखा प्रणाली अपनाउनु पर्छ । भदौसम्ममा केन्द्रबाट सकेर असोजसम्म नवीकरण गरिसक्ने समय निर्धारण गरेका छौँ ।’

कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले सोसाइटीले आपत्कालीन प्रतिकार्य अन्तर्गत सुदूरपश्चिम र कर्णालीमा भूकम्पमा प्रतिपरिवार १५ हजार बहु उद्देश्य नगद सहयोग गरेको बताए । उनले ४ हजार ४२६ परिवार अस्थायी आवास, शौचालय ८१९ परिवार र पानी ट्याङ्की गरी एकमुस्ट ७२ हजार ५ सय वितरण गरिएको बताए । उनले त्रिपाल ८ हजार ३८५ थान, टेन्ट २४ वर्ग मिटरको ४ थान, कम्बल ९ हजार २५० थान, म्याट्रेस ९ हजार २ सय थान, सोलार बत्ती ८८० थान, हाइजिन किट ७५२ थान, डिग्निटी किट १४ हजार ६७८ पिस, क्विन्टल किट ७ हजार ७ हजार २५०, किशोरी किट ४ हजार ९७१, डोरी ७ सय, प्लास्टिक बाल्टी २ सय थान, प्याकिङ बोरा ३ हजार ९ सय र डेड बडी ब्याग २५० थान वितरण गरेको बताउनु भयो । उहाँले विपद् तथा सङ्कट व्यवस्थापन परियोजनातर्फ १७ जिल्लाहरूमा विपद् पूर्व तयारी र प्रतिकार्य सम्बन्धी परियोजनाहरू सञ्चालन भएको बताए । उनले कैलाली, कञ्चनपुर, बर्दिया, कालिकोट जिल्लाहरूमा १५ वटा पालिका स्तरीय र ६ वटा वडा स्तरीय विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना २०८० अद्यावधिक भएको बताए ।

उनले भने, ‘आपत्कालीन प्रतिकार्यमा भएको राहत वितरणको सम्बन्धमा सुदूरपश्चिम र कर्णालीमा भूकम्पमा गरिएको आपत्कालीन प्रतिकार्य सहयोग गरेका थियौँ । प्रतिपरिवार १५ हजार बहु उद्देश्य नगद सहयोग, ४४२६ परिवार अस्थायी आवास, शौचालय ८१९ परिवार । पानी ट्याङ्की अस्थायी आवास र शौचालय निर्माणका लागि एकमुस्ट रकम ७२ हजार ५ सय, त्रिपाल ८ हजार ३८५ थान, टेन्ट २४ वर्ग मिटरको ४ थान, कम्बल ९ हजार २५० थान, म्याट्रेस ९ हजार २ सय थान, सोलार बत्ती ८८० थान, हाइजिन किट ७५२ थान, डिग्निटी किट १४ हजार ६७८ पिस, क्विन्टल किट ७ हजार ७ हजार २५०, किशोरी किट ४ हजार ९७१, डोरी ७ सय, प्लास्टिक बाल्टी २ सय थान, प्याकिङ बोरा ३ हजार ९ सय र डेड बडी ब्याग २५० थान वितरण गरेका थियौँ । विपद् तथा सङ्कट व्यवस्थापन परियोजनातर्फ १७ जिल्लाहरूमा विपद् पूर्व तयारी र प्रतिकार्य सम्बन्धी परियोजनाहरू सञ्चालन भएका छन् । कैलाली, कञ्चनपुर, बर्दिया, कालिकोट जिल्लाहरूमा १५ वटा पालिका स्तरीय र ६ वटा वडा स्तरीय विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना २०८० अद्यावधिक भएका छन् ।’

उनले रेडक्रसले विपद् जोखिम न्यूनीकरण, तातो हावा ‘लू’ तथा सरसफाइ सम्बन्धी ६ हजार ४ सय वटा सूचना, शिक्षा तथा सञ्चार सामग्री निर्माण गरी परियोजना सञ्चालित जिल्लाहरूमा वितरण गरिएको बताए । उनले कालिकोटको तिलागुफा, कैलालीको भजनी र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्र स्थापना गरिएको बताए ।