images

भारतमा डढेलोमा परि बझाङका दुई युवकको मृत्यु

काठमाडौं–रोजगारीको सिलसिलामा भारत पुगेका बझाङका दुई युवाको डढेलोमा परी मृत्यु भएको छ । भारतको उत्तराखण्डमा डढेलोमा परेर बझाङको छबिसपाथिभेरा गाउँपालिका–६ का अन्दाजी ३० वर्षीय ज्ञानु चलाउने र सोही गाउँपालिका ३० वर्षीय दीपक पुजाराको मृत्यु भएको हो।

उत्तराखण्डको पात्ली बगर भन्ने ठाउँको जङ्गलमा सल्किएको डढेलोमा परेर उनीहरूको मृत्यु भएको उनका आफन्तजनले जनाएका छन् ।

उनीहरू त्यहाँ खोटो निकाल्ने मजदुरीको काम गर्दै आएका थिए। एकाएक लागेको डढेलाको कारण उनीहरूको ज्यान गएको हो ।