images

कक्षा १२ को परीक्षा दिएर फर्किएकी छात्रामाथि गोली प्रहार

काठमाडौं– कक्षा १२ को परीक्षा दिएर फर्किएकी झापाकी एक छात्रामाथि गोली प्रहार भएको छ । शुक्रवार झापाको दमकमा परीक्षा दिएर फर्किएकी छात्रामाथि दिउँसो साढे १२ बजेतिर सिरहा घर भएका ३० वर्षीय अमित कुमार साहले गोली प्रहार गरेका हुन् ।

उदयपुर घर भई दमकमा डेरा बसेर पढ्दै गरेकी १८ वर्षीया एनिका अधिकारीलाई गोली प्रहार भएको प्रहरीले जनाएको छ । अधिकारी हिमालय माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत छिन् । उनी कक्षा १२ को परीक्षा दिएर डेरा फर्किँदै थिइन् ।

गोली लागेर उनको दाहिने हातमा चोट लागेको प्रहरीको भनाइ छ । घटनाका अभियुक्तको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।