images

एक सयको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय

काठमाडौं– सरकारले सय रुपैयाँको नोटमा नेपालको नक्सा अङ्कित तस्बिर राख्ने निर्णय गरेको छ । अर्थ मन्त्रालयले बैङ्क नोटमा रहेको तस्बिर परिवर्तन गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेको थियो ।

शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले सयको नोटमा रहेको पुरानो नक्सा परिवर्तन गरेर चुच्चे नक्सा राख्न राष्ट्र बैङ्कलाई अनुमति दिने निर्णय गरेको हो ।

भारतको अधीनमा रहेको कालापानी–लिपुलेक क्षेत्र समेटेर बनाइएको चुच्चे नक्सालाई २०७७ सालमा संसद्ले अनुमोदन गरेको थियो । तर भूमि अहिले पनि भारतीयहरूले नै चलन भोग गरिरहेका छन् ।