images

तीनै तहको सरकारलाई प्रभावकारी बनाउन सरकारको ध्यान पुगेनः मन्त्री जोशी

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले सङ्घ, प्रदेश र स्थानीय सरकारलाई प्रभावकारी बनाउने कुरामा सरकारको ध्यान नपुगेको जिकिर गरेका छन् ।

शुक्रवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सरकारले आवश्यक ध्यान दिन नसक्दा प्रदेश सरकार किन चाहियो, खारेजी गर्नुपर्छ भन्नेसम्मका प्रश्नहरू उठिरहेको बताए । मन्त्री जोशीले प्रदेश सरकार र ७५३ वटै स्थानीय सरकारलाई कामकारबाहीको प्रभावकारी बनाउने कुरामा सङ्घ सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको पनि प्रस्ट पारेका छन् ।

उनले सङ्घीय निजामती सेवा ऐन देशव्यापी रूपमा सुशासन कायम गर्न विधेयक चाँडो भन्दा चाँडो पास गर्नुपर्ने अवस्था रहेको बताएका छन् ।