
काठमाडौं– ब्राजिलमा भारी वर्षापछि आएको बाढीमा परी ५७ जनाको मृत्यु भएको छ । ३७३ जना बेपत्ता छन् ।
हावाहुरीसहितको भारी वर्षाबाट ब्राजिलको रियो ग्राण्डे डु सुल राज्य बढी प्रभावित छ । बाढीले धेरै स्थानका सडक र पुल बगाएको छ । बस्तीहरू डुबानमा परेका छन् । राज्यका ४९७ सहरहरूमध्ये दुई तिहाइ बढी प्रभावित भएका छन् । सीएनएनले २८१ नगर प्रभावित भएको जनाएको छ । ग्राण्डे डु सुलको राजधानी पोर्टो एलेग्रेस्थित गुइबा तलाउको सतह बढेपछि बाढीको रूप लिएर सडक र बस्ती डुबाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
स्थानीय अधिकारीहरूका अनुसार यसबाट ६७ हजार जनसङ्ख्या प्रभावित भएको छ । १० हजार जना विस्थापित भएका छन् ।