images

दल विभाजनपछि उपेन्द्र यादवले भेटे प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौं– उपप्रधान, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्।

मङ्गलवार जनता समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहेका यादवले प्रधानमन्त्री प्रचण्डलाई बालुवाटार पुगेर भेटवार्ता गरेका हुन् ।

यादव नेतृत्वको जसपा नेपाल फुटेर अशोक राई नेतृत्वमा जनता समाजवादी गठन भएपछि यादवले प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन्। यादव विदेश भ्रमणमा रहेको अवस्थामा जसपा नेपालमा १२ जना प्रतिनिधि सभा सांसद मध्ये ७ जना राई नेतृत्वको जनता समाजवादी दल दर्ता गराएका थिए ।

राई नेतृत्वको जनता समाजवादीलाई निर्वाचन आयोगले सोमबार नयाँ दलको मान्यता दिएको थियो। जसपा नेपाल विभाजमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पुष्पकमल दाहालको हात रहेको बताइएको छ ।