images

सहकारी प्रकरणः संसदीय छानबिन समिति अस्वीकार गर्ने रास्वपाको निर्णय

काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहकारी हिनामिना प्रकरणमा छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न अस्वीकार गर्ने निर्णय गरेको छ ।

मङ्गलवार बसेको पार्टी संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो । रास्वपाका सभापति रवि लामिछानेमाथि सहकारी हिनामिना प्रकरणमा मिथ्या आरोप लगाएको भन्दै संसदीय दलको बैठकले छानबिन समिति गठन गर्ने विषय अस्वीकार गर्ने निर्णय गरेको हो ।

यस्तै, बैठकले २८ गतेदेखि बस्ने सदनको बजेट अधिवेशनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा समेत छलफल भएको रास्वपाले जनाएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम हिनामिना प्रकरणको छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आएको छ । पछिल्लो समय सत्तारुढ दल नेकपा एमाले र माओवादी सहकारी प्रकरणमा छानबिन समिति बनाउने विषयमा लचक देखिएका छन् ।