images

प्रधानमन्त्री प्रचण्डको स्पष्टोक्ति, जसपा फुट्नुमा मेरो भूमिका छैन

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टी नेपाल फुटाउनमा आफ्नो भूमिका नभएको प्रस्ट पारेका छन्।

सभामुख देवराज घिमिरेले बोलाएको शीर्ष नेताहरूको बैठकबाट बाहिरिने क्रममा मङ्गलवार प्रधानमन्त्री प्रचण्डले उक्त प्रतिक्रिया दिएका हुन्।

जसपा किन फुटाउनुभएको भन्ने प्रश्नमा प्रधानमन्त्री प्रचण्डले भने, ‘कसले देख्छ र प्रचण्डबाहेक यो देशमा। मेरो भूमिका छैन।’

सभामुख घिमिरेले आगामी २८ गतेबाट हुने संसद्को बर्खे अधिवेशनबारे सहमति गर्नका लागि शीर्ष नेताहरूको बैठक आव्हान गरेका थिए ।