images

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे सङ्घीय संसद् भवन नयाँ वानेश्वरको ल्होत्से हलमा बस्ने जनाइएको छ ।

बैठकमा प्रतिपक्षी दलको भूमिका, बजेट अधिवेशनको तयारी, सहकारीको अनियमितता प्रकरणमा संसदीय छानबिन समिति बनाउने विषयलाई कसरी सशक्त बनाउनेलगायत विषयमा छलफल हुने जनाएको छ ।

यसअघि बुधवार बसेको पार्टीका वर्तमान र पूर्वपदाधिकारीको बैठकमा रवि लामिछानेले संसद‍्मा बोल्न पाउँ भनी दिएको निवेदनबारे छलफल भएको थियो । यो विषयमा पनि आज बस्ने संसदीय दलको बैठकले आधिकारिक धारणा तय गर्ने बताइएको छ ।

सहकारी ठगीको छानबिन गर्न संसदीय समिति गठन नगरे वैशाख २८ गते बस्ने संसद्को बजेट अधिवेशन अवरुद्ध गर्ने कांग्रेसले जनाएको छ ।ब