images

वैवाहिक बलात्कारको आरोपमा गायक रवि ओड पक्राउ

काठमाडौं– वैवाहिक बलात्कारको आरोपसम्बन्धी मुद्दामा नेपाल आइडल विजेता रवि ओडले प्रहरी नियन्त्रणमा रहेका छन् । नेपाल आइडल सिजन २ का विजेता ओडविरुद्ध उनकै श्रीमतीले वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै गत चैत २० मा प्रहरीमा जाहेरी दर्ता गराएकी थिइन् ।

प्रहरीले सोही दिन जिल्ला अदालतबाट ओडका नाममा पक्राउ पुर्जी जारी गरेको थियो । तर उनी साङ्गीतिक कार्यक्रममा देश बाहिर रहेका कारण पक्राउ परेका थिएनन् ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका घर भएका ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आफैँ उपस्थित भएर आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीले जानकारी दिए ।

रविलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जोशीले बताए ।