images

विमानस्थलबाट अन्डरवेयर र पाइन्टमा लेपन गरी ल्याएको सुन बरामद

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कपडाभित्र लेपन गरेर ल्याएको सुन बरामद गरिएको छ । दुबईबाट आएका भारतीय नागरिकको साथबाट सुन बरामद गरिएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

आइतबार साँझ फ्लाई दुबईबाट काठमाडौं आएका भारतीय नागरिकको साथबाट उक्त सुन बरामद गरिएको हो । अन्डरवेयर, हुडी र पाइन्टमा लेपन गरिएको सुन सहित कपडाको तौल ५ केजी १ सय ग्राम मापन गरिएको छ । कपडा र सुन छुट्टाएपछि मात्र यकिन तौल आउने प्रहरीले जनाएको छ ।

भन्सार जाँच पास पार गरेपछि विमानस्थल सुरक्षा कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको जनाएको छ ।