images

कांग्रेस संसदीय दलको बैठक स्थगित

काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक सरेको छ ।

सोमबार दिउँसोका लागि तय गरिएका दुवै बैठक स्थगित गरिएको नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन् ।

आज स्थगित भएको बैठक जेठ १ गते बस्नेछ । संसदीय दल कार्यसमितिको बैठक बिहान ८ बजे र दलको बैठक ९ बजे बस्ने कांग्रेसले जनाएको छ ।

बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने तय भएको छ ।

कांग्रेसले संसद संसदमा सिर्जना भएको घटनाक्रमबारे थप छलफल गर्नका लागि बैठक बोलाइएको थियो ।

कांग्रेसले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएको छ ।