images

महन्थलाई उपेन्द्रको प्रस्ताव, मधेसमा सरकार मिलेर चलाऔँ

काठमाडौं– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरीबीच भेटवार्ता भएको छ । उपप्रधान तथा स्वास्थ्य मन्त्रीबाट राजीनामा दिए लगत्तै जसपा नेपालका अध्यक्ष यादवले लोसपाका अध्यक्ष ठाकुरसँग भेट गर्न पुगेका थिए ।

सोमबार बिहान साढे १० बजे महन्थलाई भेट्न उपेन्द्र उनकै निवास पुगेका थिए।

भेटमा उपेन्द्रले सहकार्य गरेर अघि बढ्न आग्रह गरेको यादवका स्वकीय सचिव महेश चौरसियाले जानकारी दिए । ‘मधेस प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्रले फिर्ता लिएपछि लोसपाको साथ र सहकार्यका लागि उहाँहरूबीच भेट भएको हो,’ चौरसियाले भने, ‘एउटै भेट पर्याप्त नबन्न सक्छ।’

आइतबार मधेस प्रदेशमा माओवादी केन्द्र र नेकपा एमालेले समर्थन फिर्ता लिएको थियो। मधेस प्रदेशमा आफ्नो बहुमत जुटाउनका लागि यादव सक्रिय देखिएका छन् ।