images

जसपाले पठायो  मन्त्रीको लागि तीन जनाको नाम

काठमाडौं–उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी नेपाल सरकारबाट बाहिरिएसँगै अशोक राई नेतृत्वको जसपा सरकारमा सहभागी हुने भएको छ । जसपाले आज तीन जना मन्त्रीको नाम सिफारिस गरेको छ ।

 जनता समाजवादी पार्टी(जसपा)ले स्वास्थ्य मन्त्रीमा उपमहासचिव प्रदीप यादवलाई सिफारिस गरेको हो । पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई स्वास्थ्य मन्त्रीमा यादव र स्वास्थ्य राज्यमन्त्रीमा हसिना खानको नाम पठाएको महासचिव मोहम्मद इस्तियाक राईले जानकारी दिए । दुवै जनाले आजै शपथ लिने तयारीसमेत रहेको छ ।

त्यस्तै जसपाले मन्त्रीमा रञ्जु झाको नाम पनि प्रधानमन्त्रीलाई दिएको छ । तर मन्त्रालय रिक्त नरहेकाले कुनै मन्त्रालय खालि गरेर मात्र उनको टुंगो लाग्ने बताइएको छ ।