images

राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिन कांग्रेस सहमत

काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारको नीति तथा कार्यक्रम सङ्घीय संसद्मा प्रस्तुत गर्न दिने भएको छ ।

मङ्गलवार सिंहदरबारमा जारी कांग्रेस संसदीय दलको बैठकले राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने विषयमा मोटामोटी सहमति भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मङ्गलवार बिहान नेपाली कांग्रेसका नेताहरूसँगको छलफलमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिन आग्रह गरेका थिए । प्रचण्डले कांग्रेसको माग बमोजिम छानबिन समिति गठन गर्न आफू सकारात्मक रहेको बताएपछि कांग्रेस लचक बनेको हो ।

कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत भएपछि भने आफूहरूको माग पूरा नभएसम्म अवरोध कायमै राख्ने गरी छलफल भएको जनाएको छ । कांग्रेसले सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति गठन हुनुपर्ने माग गर्दै आएको छ ।