images

सन्दीप लामिछानेको पेशी न्यायाधीशद्वय भट्ट र उप्रेतीको इजलासमा

काठमाडौं–बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको २ नम्बर इजलासमा परेको छ । उनको पेशी पहिलो नम्बरमा नै नै भएकाले आज सुनुवाइ हुन सक्ने सम्भावना रहेको छ ।

यसअघि पनि एक पटक न्यायाधीश भट्टको इजलासमा सन्दीपको मुद्दा परेको थियो । गत वैशाख १० गते तोकिएको पेशीमा भट्ट र अर्का न्यायाधीश पुरुषोत्तम ढकालले मुद्दा ‘हेर्न नभ्याइने’ भनेर टारेका थिए ।

आज झन् पहिलो नम्बरमा नै पालो भएकाले ‘हेर्न नभ्याइने’ भनेर टार्न सक्ने अवस्था छैन । सन्दीपको मुद्दाको तत्काल सुनुवाइ हुनु पर्ने माग गर्दै विभिन्न स्वतन्त्र युवाहरूले सडकमार्फत आन्दोलन गर्दै आइरहेका छन् ।