images

जीबी राईको राहदानी रुद्ध गर्न प्रहरीले गर्‍यो पत्राचार

काठमाडौं–सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राईको राहदानी रोक्का गर्न प्रहरीले राहदानी विभागमा पत्राचार गरेको छ ।

आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीले राईको राहदानी रोक्का गर्नको लागि विभागमा पत्राचार गरेको हो ।

राहदानी विभागले भने अहिलेसम्म कुनै प्रतिक्रिया नदिएको प्रहरीले जनाएको छ । उनी विरुद्ध अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन ‘इन्टरपोल’बाट डिफ्युजन र रेड नोटिस जारी भएको छ । १३ माघमा उनी विरुद्ध डिफ्युजन नोटिस जारी भएको थियो ।