images

मेलम्चीको खानेपानी काठमाडौं उपत्यकामा १२ महिना आपूर्ति हुने व्यवस्था मिलाउने

काठमाडौं–सरकारले मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौं उपत्यकामा १२ महिना खानेपानी आपूर्ति हुने व्यवस्था मिलाउने भएको छ ।

मङ्गलवार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन । उनले मेलम्ची खानेपानी आयोजनाबाट १२ महिना खानेपानी आपूर्ति हुने व्यवस्था मिलाई काठमाडौं उपत्यकाको चक्रपथ बाहिर र भक्तपुर जिल्लाको अरनिको राजमार्गसँग जोडिएका क्षेत्रमा क्रमशः खानेपानी आपूर्ति गरिने बताए । उनले काठमाडौं उपत्यकाको खानेपानी समस्याको दिगो समाधान गर्न शिवपुरी राष्ट्रिय निकुञ्ज लगायत जलाधार क्षेत्रमा रहेका स्रोतबाट पानी सङ्कलन गरी वितरण गर्ने प्रवर्द्धन मिलाइने पनि बताए ।

उनले भने,‘मेलम्ची खानेपानी आयोजनाबाट १२ महिना खानेपानी आपूर्ति हुने व्यवस्था मिलाई काठमाडौं उपत्यकाको चक्रपथ बाहिर र भक्तपुर जिल्लाको अरनिको राजमार्गसँग जोडिएका क्षेत्रमा क्रमशः खानेपानी आपूर्ति गरिनेछ । काठमाडौं उपत्यकाको खानेपानी समस्याको दिगो समाधान गर्न शिवपुरी राष्ट्रिय निकुञ्ज लगायत जलाधार क्षेत्रमा रहेका स्रोतबाट पानी सङ्कलन गरी वितरण गर्ने प्रवर्द्धन मिलाइने छ । तीन तहको समन्वय र नागरिकको सहभागिता सरसफाइ र स्वच्छता कार्यक्रम सञ्चालन गरिनेछ । एक घर एक धारा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिनेछ ।’

उनले तीन तहको समन्वय र नागरिकको सहभागिता सरसफाइ र स्वच्छता कार्यक्रम सञ्चालन गरिने बताए । उनले एक घर एक धारा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने बताए ।