images

दोलखामा मलामी सवार गाडी दुर्घटना हुँदा १४ जना घाइते

काठमाडौं– दोलखामा मलामी सवार गाडी दुर्घटनामा परेको छ । सत्येश्वर–सिम्टे सडक खण्ड अन्तर्गत मेलुङ गाउँपालिकाको भटमासेमा मलामी सवार गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

बुधवार बिहान बागमती प्रदेश ०१०२६ च ९८१३ नम्बरको बोलेरो गाडी दुर्घटना भएको हो ।

दुर्घटना स्थलमा उद्धार कार्य जारी रहेको छ भने दुर्घटना के कति कारणले भएको भन्ने कुराको यकिन भई नसकेको प्रहरीले जनाएको छ ।